
काठमाडौँ।नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार बस्ने भएको छ ।
समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।






