
भक्तपूर। ‘नगरकोट भ्रमण वर्ष–२०८२’आजदेखि सुरु भएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाद्धारा संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिएका छन् । उनले यो कार्यक्रमले आर्थिक विकासमा टेवा पुग्ने बताए ।
भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौंको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ ।
नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौं–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।
भ्रमण वर्षमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक नगरकोट भित्रने अपेक्षा गरिएको छ ।
आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्याली प्रदर्शन गरिएको छ ।




