
काठमाण्डौ| सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।







