काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।