पनौती,काभ्रे । ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभाको अन्तिम दिन संयुक्त सभा पनौती स्थित मुख्य कार्यालयमा आयोजना गरियो ।
राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य एवं नेफ्सकुनका पुर्व अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धब सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा २० हजार ५१ सदस्य रहेको उक्त संस्थामा १८ हजार ३ सय २६ सदस्य, ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत, १ हजार ७ सय २५ जना बाल सदस्य छन् ।
१२ करोड ३१ लाख ८ हजार ७ सय रुपैया शेयर रकम, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैया ऋण लगानी भएको छ । शेयर वचत बचत लगानी रकम १३ करोड ९० लाख २३ हजार ६ सय ४६ रुपैया रहेको छ । जमिन तथा फर्निचर ४ करोड ८२ लाख ५१ हजार ८ सय २२ रुपैयाको रहेको जानकारी आयोजकहरुले दिए ।
कार्यक्रममा बागमती प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष दिवसराज खड्का, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उदयराम कायस्थ, वडा अध्यक्ष भिमसेन आचार्य, सल्लाहकारहरु, शुभचिन्तकहरुले शुभकामना दिएका थिए ।

नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि रहेको छ ।
ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी शनिबार आयोजित निर्वाचन तालिका तय गरेको छ । अधिकांश पदहरुमा निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ । संस्था २५ वर्ष पुगेको अवसरमा २५ वटा नै कार्यक्रम गर्ने गरी स्थापना दिवसमा घोषणा गरिएको छ ।