
काठमाडौं। उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमवार स्वदेश फर्किएकी छन् ।
उपसभामुख राना चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार राति ११.३० बजे स्वदेश फर्किएकी हुन् ।
उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोगमञ्च, मिडिया र ‘थिंक ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।
सो कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गरेकी थिइन्, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहर लगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन् ।
उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित छन् ।