काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ ।आज बुधबार नेपाली सुनचाँदी बजारमा सुन एक तोलाको एक लाख ५९ हजार एक सय र चाँदी तोलाको १९ सय कायम भएको छ । संघले आज बुधबारका लागि उक्त मूल्य तोकेको हो ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।







