काठमाडौं । प्रतिनिधि सभाको बैठक आज ११ बजे बिहान संसद भवनमा बस्ने जनाइएको छ ।
बैठकमा आ.व.२०८१÷०८२ को राजश्व र व्ययको अनूमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम पनि तय गरिएको बताइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक,२०८१लाई प्रस्ताव गर्न अनूमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ भने अर्थमन्त्री पुनले विनियोजन विधेयक,२०८१ लाई प्रस्तुत गर्नेछन् ।
यसैगरी आजकै बैठकमा राष्ट्र ऋण उठाउने विधेयक,२०८१,भन्सार महशुल निर्धारण विधेयक,२०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव पनि रहेको संसद सचिवालयले जनाएको छ ।