
हाम्रो अविद्या जस्तोसुकै भए पनि र भ्रान्त प्रतीतिहरू जतिसुकै प्रकार वा संख्यामा भए पनि, धर्महरूको यथार्थ स्वरूप (तथता / धर्मता) साक्षात्कार हुँदा ती सबैको निवारण हुन्छ। किनकि परमार्थतः ती सबै मिथ्या हुन्। अर्को शब्दमा भन्दा, तथताको साक्षात्कारले यथार्थको स्वरूपका विषयमा उत्पन्न हुन सक्ने समस्त मिथ्यादृष्टि र विपर्यासहरूलाई हटाइदिन्छ।
— अ सङ् फर द किङ्, पृष्ठ ३३ बाट







