
चैत्र २३, ध्यानको मूल अभ्यासमा शमथ (चित्तलाई विश्राम दिने) र विपश्यना (गहन अन्तर्दृष्टि) दुवै आउँछन्। चित्तमा सुखद र दुःखद विचारहरू निरन्तर उत्पन्न भइरहेका हुन्छन्। तिनीहरूलाई सूक्ष्म रूपले परीक्षण गर्दा हामी पाउँछौं कि धेरैजसो विचारहरू दु:ख गराउने नै हुन्छन्। त्यसैले विचारहरूको संख्या कम गर्नु लाभदायक हुन्छ। शमथको अभ्यासद्वारा हामी चित्तलाई अझ शान्त र स्थिर बनाउन सक्छौं।
— एन् ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ १३ बाट







