
चैत्र २१, वज्रयानका उपदेशहरूमा स्पष्ट रूपमा भनिएको छ कि जब कोही पूर्ण मुक्त हुन्छ वा निर्वाण प्राप्त गर्दछ, तब उ विल्कुल केही नहुने अवस्थामा पुग्ने होइन। विशुद्धिको प्रक्रियाले अन्ततः एक अविनाशी प्रज्ञा खुल्छ, जसको स्वभाव विकल्परहित करुणाको हुन्छ। त्यसैले यो प्रज्ञा निरन्तर रूपमा अवस्थित रहन्छ।
— भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ ९ बाट







