
फागुन ३०
हाम्रो एउटा मुख्य समस्या भनेको मनमा अत्यधिक विचारहरू आइरहनु हो। यस्तो अवस्थामा श्वासप्रश्वासमा ध्यान गर्नु उपयुक्त हुन्छ। यो ध्यानले कुनै एउटा मात्र क्लेशलाई कम गर्ने नभई मनमा अनवरत रूपमा उत्पन्न भइरहने सबै क्लेशहरू र विचारहरूलाई कम गर्न सहयोग गर्छ। जब हामी श्वासमा ध्यान केन्द्रित गर्छौं, तब विचारहरू क्रमशः कम हुँदै जान्छन्। यो सबैभन्दा प्रसिद्ध ध्यान विधि हो, र अधिकांशले यही विधिबाट ध्यान अभ्यास गर्छन्।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ३३ बाट







