
काठमाडौं।पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ ।
नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको बंगलादेशबाट प्रकाशन हुने अनलाइन डेली स्टारले जनाएको छ।
त्यहाँको निर्वाचन आयोगका अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको छ।
मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेको र जसमा ६ करोड ४८ लाख पुरूष र ६ करोड २८ लाख महिला छन्।
संसदको प्रतिनिधि छनोटसँगै जुलाई नेशनल चार्टरसम्बन्धी जनमतसंग्रहमा पनि मतदान भइरहेको छ।
बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।
हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।


