फागुन १९, शमथ र विपश्यना बीचको भिन्नता धेरै ठूलो छैन। यसमा केवल अलिकति तरिका बदल्ने मात्र हो। शमथको अभ्यासबाट हाम्रो चित्त विचार र विकल्पहरूबाट मुक्त भई स्वाभाविक अवस्थामा रहन्छ। शमथद्वारा हामी क्लेशहरूलाई केही हदसम्म शान्त पार्न त सक्छौं तर तिनलाई पूर्ण रूपमा निर्मूल गर्न सक्दैनौं। विपश्यनाको अभ्यासले चित्तको प्रभास्वर गुण देखापर्न थाल्छ र हामी चित्तको नि:स्वभावताको बोध गर्छौं। यसरी प्रभास्वर र शून्यताको बोध गरेपछि मात्र हामी क्लेशको मूल अविद्यालाई जरैदेखि उन्मूलन गर्न सक्छौं।
— इसेन्सियल्स् अफ महामुद्रा, पृष्ठ ११९ बाट