फागुन १७, त्याग्नुपर्ने (हेय) कुरालाई त्याग्ने र लिनुपर्ने (उपादेय) कुरालाई अभिवृद्धि गर्ने मुख्य विधि भनेको ध्यान अभ्यास हो। र, अभ्यासमा स्मृति तथा सम्प्रजन्य हुनु नै अनुभूति वा बोध हुन थालेको प्रमाण हो। ध्यानमा मूल अभ्यास र त्यसको प्रभाव रहेको पृष्ठलब्ध गरी दुई अवस्थाहरू हुन्छन्। साधकले मूल र पृष्ठलब्ध दुवै अवस्थामा स्मृति सम्प्रजन्यको अविच्छिन्न धारालाई कायम राख्नुपर्छ। यसरी अभ्यास गर्दा यी दुवैले एकअर्कालाई पारस्परिक रूपमा लाभ पुर्याउँछन्।
— लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ ११३ बाट