
माघ २४
धर्म केवल भिक्षु-भिक्षुणीहरूका लागि मात्र होइन । गृहस्थ उपासकहरूसँग पनि धर्मको सम्बन्ध जोड्नका निम्ति विद्यालयहरूमा यसलाई लैजानु अत्यन्तै आवश्यक छ । मेरो विचारमा धर्म र शिक्षा एक-अर्काका विरोधी होइनन् । धर्मको अभ्यास गर्दै राम्रोसँग अध्ययन गर्न सकिन्छ, र अध्ययन गर्दै धर्मको राम्रो पालना गर्न सकिन्छ । यी दुई कुराहरू एक-अर्काबाट अलग छैनन् । धेरैलाई लाग्छ कि अध्ययन गर्ने हो भने धर्म छोड्नुपर्छ, वा धर्मको अभ्यास गर्ने हो भने शिक्षा त्याग्नुपर्छ । तर वास्तवमा त्यसो होइन । मेरो विचारमा यी दुवैलाई सँगसँगै लैजान सकियो भने, गृहस्थका छोराछोरीहरू धर्मसँग राम्ररी जोडिन सक्छन् र साथै राम्रो शिक्षा पनि प्राप्त गर्न सक्छन् ।
— परम पूजनीय खेन्चेन ठ्राङ्गु रिन्पोछेसँगको अन्तर्वार्ताबाट
(वैरोचन पत्रिका, खण्ड २, अङ्क ८, पृष्ठ ३९)







