
पुष १८
मुख्य क्लेशहरू राग, द्वेष, मोह, मान (अहङ्कार) र ईर्ष्या हुन्, जसलाई भगवान बुद्धले पञ्चविष (पाँच विष) को रूपमा वर्णन गर्नुभएको छ। यी क्लेशहरू उत्पन्न हुँदा हाम्रो चित्तमा दु:ख र शरीरमा पीडा उत्पन्न हुन्छ। यिनले हामीलाई त्यस्ता कार्यहरू गर्न प्रेरित गर्छन् जसले आफू र अरूलाई हानि पुर्याउँछ, र यसबाट हामीले नराम्रो फल भोग्नुपर्ने हुन्छ। हामी यी क्लेशहरूको नियन्त्रणमा पर्दा अनिवार्य रूपमा आफू र अरूका लागि धेरै कठिनाइ र दुःखहरू सिर्जना हुन्छन्।
—भिभिड अवेयरनेस, पृष्ठ १८२ बाट







