
पुष १७
अविद्या नै क्लेशहरूको मूल कारण हो। उदाहरणका लागि, अविद्याकै कारण क्रोध उत्पन्न हुन्छ। क्रोधले अन्ततः आफू र अरू दुवैलाई दुःख र पीडा मात्र दिन्छ भन्ने थाहा नभएकै कारण मानिसले अरूप्रति आक्रामक व्यवहार गर्दछ। त्यसैगरी, अविद्याकै कारण मानिसमा मान (अहङ्कार), तृष्णा र ईर्ष्या उत्पन्न हुने गर्दछ।
— पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ४ बाट







