
धम्मपद शृङ्खला -१७.
यमक वर्ग
इह तप्पति पेच्च तप्पति पापकारी उभयत्थ तप्पति
पापं मे कतं ति तप्पति भिय्यो तप्पति दुग्गतिं गतो ॥ १७ ॥
पाप गर्ने व्यक्ति यो संसारमा सन्तप्त हुन्छ, परलोकमा सन्तप्त हुन्छ, दुवै लोकमा सन्तप्त हुन्छ। मैले पाप गरेँ – यस्तो विचारले ऊ सन्तप्त हुन्छ । यसरी दुर्गतिमा फस्दै गएको ऊ बारम्बार सन्तप्त हुन्छ ।






