
कार्तिक २६, अनित्यताको सत्य सामना गर्ने कुशल उपायहरू खोज्न हामीसँग समय छँदै त्यसतर्फ सोच्न थालिहाल्नुपर्छ। यसले हामी अप्ठेरो बेला अल्मलिन र अताल्लिनबाट बच्छौं। हुनत अहिले तत्कालका लागि मृत्यु र अनित्यताको चिन्तन सहज नहोला, तर भविष्यमा यसले हामीलाई अझ ठूलो र अपर्झट आइलाग्ने ठूलो दुःखबाट बचाउँछ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ १३ बाट







