
कार्तिक १२, बिरामी व्यक्तिहरू अक्सर भावनात्मक रूपमा अस्थिर र छिट्टै रिसाउने हुन सक्छन्। यस्तो बेला हामीले उनीहरूसँग प्रतिवाद गर्नु वा आफ्नो धैर्य गुमाउनु हुँदैन। हामीले धेरै धैर्य राख्नु आवश्यक छ। सकेसम्म उनीहरूको चाहना र आवश्यकता पूरा गर्न तथा उनीहरूलाई खुशी पार्न प्रयास गर्नुपर्छ। हामी उनीहरूको लागि प्रार्थना गर्न, पाठहरू गर्न, र आफ्नो पुण्य उनीहरूलाई समर्पण गर्न सक्छौं। यी नै बिरामी व्यक्तिहरूको लागि हामीले गर्न सक्ने उत्तम कार्यहरू हुन्।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७३ बाट







