कार्तिक ८.वृद्ध वा बिरामी हुँदा हामीले धेरै कष्ट र असुविधाको सामना गर्नुपर्छ। प्राप्त गर्न अत्यन्तै दुर्लभ र बहुमूल्य मानव जीवनमाथि चिन्तन गर्नका लागि त्यो उपयुक्त समय हो। यसरी चिन्तन गर्नाले आफ्नो बाँकी आयु केही महिना वा वर्ष मात्र भए पनि हामी त्यसलाई अर्थपूर्ण तरिकाले जिउन सक्छौं। मानव जन्ममा मात्रै हामी धर्मको अध्ययन अभ्यास गर्न सक्छौं, र चित्त तथा क्लेशहरू के हुन् भनी बुझ्न सक्छौं अनि ती क्लेशहरूमाथि विजय प्राप्त गर्न सक्छौं।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ६७ बाट