असोज २२, सामान्यतया पहिला शमथ ध्यान साधिन्छ जसबाट चित्त विचारहरूमा अल्मलिँदैन। शमथद्वारा चित्तको स्थिरता प्राप्त हुन्छ। विपश्यना ध्यानमा भने त्यो स्थिरतामा विश्राम गरिरहेको कुरा के हो भनेर अन्वेषण गरिन्छ। शमथ ध्यानको लक्ष्य केवल स्थिरताको अवस्था नै हो, तर विपश्यना ध्यानले त्यो स्थिर अवस्थाभित्र विद्यमान सत्यलाई चिन्ने प्रयास गर्छ।
— एन ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ७९ बाट