
असोज ८, अधिकांश मानिसले कुनै पनि प्रकारको दुःख वा कठिनाइ भोग्नुपर्दा त्यसलाई अक्सर व्यक्तिगत रूपमा लिने गर्छन्। उनीहरूलाई लाग्छ कि यी सबै समस्याहरू उनीहरूलाई मात्र आइपरेका हुन्। यसबाट उनीहरू रुवावासी गर्ने, निराश हुने, आफैंमाथि टीठ गर्ने वा आत्महत्या गर्ने विचारसमेत गर्न सक्छन्। तर उनीहरूले नबुझेको कुरा के हो भने अरुले पनि यस्तै अनेक पीडा भोगिरहेका हुन्छन्, उनीहरूले मात्र होइन। यो त संसारका सबै प्राणीको हकमा लागू हुन्छ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ७० बाट







