
भदौ ३०, धर्म अभ्यास गर्दा बाहिरी देखावट वा ढोंगका रूपमा, वा नाटकमा राजा–मन्त्री बनेर अभिनय गर्ने तर वास्तवमा राजा–मन्त्री नभएका पात्रहरूजस्तै गरेर गर्नु हुँदैन। धर्मको अभ्यास त काय (शरीर), वाक् (वचन) र चित्त (मन) बाट सही तरिकाले सम्पूर्ण निष्ठाका साथ गर्नुपर्छ। जब हामी शरीरले पुण्य कर्म गर्छौं, हाम्रो मन पनि धर्मको कार्यमा समर्पित हुनुपर्छ। जब हामी केही बोल्छौं, हाम्रो मनको आशय पनि त्यस्तै हुनुपर्छ। धर्मलाई सम्पूर्ण चित्तले अभ्यास गर्नु अति महत्त्वपूर्ण छ।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ५८ बाट







