
यमक वर्ग
१. मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया ।
मनसा चे पदुट्ठेन भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति चक्कं वा वहतो पदं ।।
— सबै कार्य मनबाट आरम्भ हुन्छन् । मन नै सर्वोपरि छ । संसार मनोमय छ । मनमा दुराशय राखेर बोल्ने वा काम गर्ने मानिसलाई दुःखले त्यसैगरी पछ्याइरहन्छ जसरी गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याइरहन्छ ।
२. मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन भासति वा करोति वा ।
ततो नं सुखमन्वेति छाया व अनपायिनी ।।
—सबै कार्य मनबाट आरम्भ हुन्छन् । मन नै सर्वोपरि छ । संसार मनोमय छ । मानिसले मनमा सदाशय राखेर बोल्छ वा काम गर्छ भने सुखले उसलाई त्यसैगरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ ।







