भदौ ५
धर्ममा प्रयत्न गर्नु भनेको धर्मप्रति लगनशील हुनु हो। यो कसरी गर्ने त? यसका लागि हामीले आफ्नो काय (शरीर), वाक् (वाणी) र चित्त (मन) — यी तीनवटै तहमा लगनशील हुनुपर्छ। के केवल शरीर, वा वाणी, वा मनको एउटा तहमा मात्र लगनशील भएर पुग्छ? पुग्दैन, एक मात्र तहको लगनशीलता पर्याप्त हुँदैन।
— एड्भाइस अफ् अ योगी (तिब्बती ग्रन्थ “के सबैभन्दा महत्वपूर्ण छ” को व्याख्या) पृष्ठ २७ बाट