
असार १६, वास्तवमा अन्य सत्त्वप्राणीहरूका कारणले नै हामीले सुख र पुण्य आर्जन गर्ने हो; त्यसैले तिनीहरू हाम्रो दुःखका कारण होइनन् । तसर्थ सत्त्वप्राणीहरू असल हुन् या खराब, ठूला हुन् या साना, तिनीहरू जस्तोसुकै भए पनि, तिनीहरूले तपाईंप्रति अत्यन्त गुन लगाएका छन् भनी सोच्नुहोस् । यसबाट परहितको भाव बढ्नेछ ।
—द हार्ट अफ धर्म, पृष्ठ ४९ बाट







