जेठ ११ ,मैत्री र करुणा कसरी विकास गर्ने ? यसका लागि आत्मग्राह (म/आफू/आफ्नोप्रतिको आसक्ति) बाट मुक्त हुनुपर्छ र अरू सबैलाई आफैंझैँ सम्झेर सबैप्रति स्नेहको भाव राख्नुपर्छ । हामी रोग, शोक, क्लान्ति, बृद्धावस्था वा क्लेशहरूको प्रभावमा पर्यौं भने त्यसबाट दु:ख हुन्छ र ती दु:खबाट हामी मुक्त हुन चाहन्छौं । यो हामी सबै आफ्नै अनुभवबाट भन्न सक्छौं । त्यसैगरी हरेक प्राणी दुःखबाट मुक्ति चाहन्छन्, सबैजना सुखको अनुभूति गर्न चाहन्छन् । त्यसैले हामीले अरूलाई दुःख दिनु हुँदैन, पीडा पुर्याउनु हुँदैन । बरु सबैप्रति मैत्रीभाव उत्पन्न गरी सबैले सुख प्राप्त गरून् भन्ने हेतुले सहायता गर्नुपर्छ ।
( ए लाइफ अफ ह्यापिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३९ बाट)