
स्मृति नै होस (सम्प्रजन्य) को मूल प्रवृत्ति हो, र स्मृति नै अप्रमादको पनि आधार हो। जसले स्मृतिलाई दृढतापूर्वक धारणा गर्छ, उसमा ध्यान, समाधि र सम्पूर्ण कुशल धर्महरू क्रमशः वृद्धि हुँदै जान्छन् । तर जब स्मृतिको ह्रास हुन्छ, तब ध्यान र कुशल धर्महरू पनि ह्रास हुन थाल्छन् ।
— लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ १९३ बाट







