काठमाडौ । उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको ’लीलाध्वज थापा साहित्य सम्मान’ यस वर्ष आख्यानकार गीता केशरीलाई प्रदान गर्ने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए । ।
प्रतिष्ठानले नेपाली भाषा र साहित्यको उन्नयन गर्ने उद्देश्यले प्रदान गर्दै आएको उक्त सम्मान नगद रू २५००० । सहितको रहनेछ। उक्त साहित्य सम्मान तथा पुरस्कार यही असार २२ गते थापाको १०४ औं जन्म जयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा कार्यक्रम गरी प्रदान गरिने जानकारी पनि अध्यक्ष थापाले गराए ।
उक्त सम्मान पुरस्कार हालसम्ममा प्रा डा वासुदेव त्रिपाठी, वाङ्ममय शताब्दि पुरूष सत्यमोहन जोशी, प्रा .डा.तारानाथ शर्मा, कवि तुलसी दिवस, प्रा.गोपी कृष्ण शर्मा, र इतिहासविद् ज्ञानमणि नेपाललाई प्रदान गरिसकिएको छ ।
अध्यक्ष थापाका अनुसार प्रतिष्ठानको सम्पूर्ण खर्च आफ्नै पारिवारिक स्रोतबाट गरिने छ ।