बैशाख १६
धर्मको शिक्षा लिने बेला तपाईंको आशय ज्यादै महत्वपूर्ण हुन्छ । आफूले ग्रहण गरिरहेको शिक्षा नै धर्म अभ्यासको आधार हो र गर्न लागेको धर्म अभ्यास ज्यादै लाभदायक छ भन्ने कुरा बुझ्नु पर्छ । यो लाभ केवल तपाईं वा केही थोरै व्यक्तिहरूसम्म मात्र सीमित हुँदैन, अन्ततः तपाईंको अभ्यासको लाभ अनन्त आकाशभरिका सम्पूर्ण जीवहरूले प्राप्त गर्नेछन् ।
( मेडिसिन बुद्ध टिचिङ्स, पृष्ठ २ बाट)