श्रद्धेय भन्ते अमृतानन्दको पुस्तकको आधारमा: अनवच्छिन्न रूपले जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्ने एक मात्र प्राणी हामी मनुष्य हौं । मनुष्य जति जति परिपक्व र चिन्तनशील ( हुँदै आउँछ, त्यति नै जीवनमा मङ्गल होस्, अमङ्गल नहोस् भन्ने कामना उसले गर्न थाल्ने हुन्छ । महायान, वज्रयान बुद्ध दर्शनमा मङ्गल भन्नाले आयु आरोग्य, यश किर्ति, विद्या, सुख, जनधन र सन्तान गरी सपृ (सात) वटा कुराको अभिवृद्धिलाई मानिन्छ । यी सात कुराको अनभिवृद्धि (परिहानी वा नोक्सानी) नै मनुष्यहरूको अमङ्गल हुनु हो ।
वस्तुतः परापूर्व कालदेखि नै मङ्गल के हो भन्ने बारे मनुष्यहरू बिच धेरै चर्चा परिचर्चा हुने गर्दथे । त्यति बेला माङ्गलिक अर्थात् निम्न कुरा देखेको मङ्गल मान्ने विचारकहरूले ती मङ्गल के हो भन्ने जिज्ञासाहरूलाई यी कुरा सुनाए—
१) विहान सबेरै उठ्नासाथ हरियो बास देख्नु,
२) गर्भिनि महिला देख्नु,
३) अलंकृत राम्ररी फुल टीकाले सजाएको जल पूर्ण घडा देख्नु
४) आलो रोहित जातको माछा (रोहु माछा) देख्नु मङ्गल हो भनी सुनाएका थिए ।
यी उपर्युक्त दृष्टमाङ्गलिकहरूको विचारधारा अनुरुप हाम्रो समाजमा शुभ मङ्गलको दिन अर्थात् विवाह, दुलही भित्र्याउने दिनमा सिंगारिएको पूर्ण घडा मूलद्वारको दायाँ बायाँ सजाएर राख्ने गरिन्छ । कोही परिवारको सदस्य परदेश जाँदा पनि घरको ढोकाको दायाँ बायाँ कलश वा करुवामा पानी भरेर मङ्गल गरिने प्रचलन यद्यपि निरन्तर चलि आइरहेको पाइन्छ ।
विवाह मण्डप र चैत्य स्थापना आदि शुभ कार्यको पूजा होम गर्दा पनि जग्गे मण्डपको चारैतिर ससानो हरियो बाँस पनि गाड्ने गरिन्छ । अनिवार्य ठड्याउनु पर्ने प्रचलन हामी कहाँ छ ।
शुभ जन्मोत्सव आदि मङ्गलमय उत्सवका दिन गर्भिणी हेर्नु मङ्गल भन्ने वचनको प्रतिक अण्डा जसभित्र प्राणीको गर्भ छ भन्ने चिताई उसिनेको अण्डा सगुन दिइन्छ । त्यसको सँगै आलो रोहित माछाको प्रतिक सुकेको माछा पनि अनिवार्य सगुनमा दिने गरिन्छ । यो संस्कृति अरूले छोडे पनि वज्रयानी बौद्धहरूले अत्यन्त श्रद्धा साथ पालना गर्दै आइरहेको छ |
बुद्धकालिन समाजमा दृष्टमाङ्गलिकहरू जस्तै श्रुतमाङ्गलिक अर्थात बिहान सबेरै जय होस्, कल्याण होस् भनेको शब्द र स्तोत्र सुन्नु मनै आनन्द हुने , शखको ध्वनि सुन्नु , घण्टा वा घन्टीको आवाज सुन्नुलाई मंगल मान्दथे |
यहि श्रुतमाङ्गलिकहरुको विचार अनुसार पुरातन राजप्रसादहरुमा बिहान राज उठ्ने समयमा राजाको जयहोस भनि पुरोहित, भातहरु द्वारा सुमुधुर स्वरले राजाहरुको गुण गान गराउने प्रचलन थिए |मग्ङ्लाचरन ,स्वस्ती वाचन गराउने प्रचलन पनि थिए ।
देवस्थलहरुमा देव देवीको स्तोत्र पढ्ने शङ्ख र घन्टाको ध्वनिले गुन्जयामन गरि जय मंगल कामना गर्ने प्रचलन पनि अध्यपी चलिरहेको छ।
एवं प्रकारले मुत्तमाङ्गलिक अर्थात बिहान सबेरै छोएको कुरा मंगल मान्ने विचारकहरुले बिहान सबेरै कमल आदि सुगन्ध युक्त फुलहरु छुनु सुघ्नु असल मान्दछ , दतिवन गर्नु , पृथ्वी छुनु , गोबर छुनु र गोबरले लिप्नुलाई पनि मंगल मान्छन हो भनि विचार प्रस्तुत गरेका थिए ।
यिनै मुत्तमाङ्गलिकहरुको विचारधारा अनुरुप बिहान सबेरै मूलढोकाको दैलो गोबरले लिप्नु दतिवनले दाँत माज्ने , सुगन्धित फुल, धुपहरु भगबान लाई चढाउने संस्कृति हामी कहाँ यद्यपि नेवार समाजले गरिआएका दैलो लिप्ने काम भने सनातनी हिन्दुहरु परम्परा भए पनि पहाड़िया र खस समाजले बिहान गोबरलिप्ने र पृथ्बिमाता छुने नियमको प्रतिक गोबरले दैलो लिप्ने काम गरेको देखिदैन् | यसरी मंगलकाबारे विविध विचारको प्रचार प्रसार भएपनि कसैले माने कसैले मान्दैनन |
वास्तवमा बुद्धकालिन समजमा निरिह मनुष्यहरु के गरे मंगल होला भनेर अत्यन्त चिन्तित भएको देखेर एउटा देवता (पुण्यात्मा) ले बुद्ध भगवान अनाथपिण्डको जेतवन आराममा बसिरहनु भएको बेला वहाँ गएर यसरी प्रश्न गर्नु भयो _
बहु देवा मनुष्य च मंगलानी अचितन्यु |
आकङ्ख्मानसोत्थन ब्रही मंगल मुत्तमम | |
अर्थ – हे भगवान , धेरै मनुष्यहरू तथा देवताहरु पनि के गरे मंगल होला भनेर चिन्तित छन् | मंगल भनेको ( जीवनमा कसरी प्राप्त होला त्यो कुरा हजुरले सबैको स्वस्ति , कल्याण र मंगलका लागि बताईदिनु होस् |
यसरी देवता (पुण्यात्मा) ले प्रश्न गर्दा बुद्धभगवानले ती दृष्टमाङ्गलिक,मुत्तमाङ्गलिक श्रुतमाङ्गलिक ,हरुको विचारलाई कुनै किसिमको विरोध गर्नु भएन । किन कि मनुष्यको पुरातन आस्थालाई बुद्भ भगवान चोट पुर्याउन चाहनु हुन्नथे | तर मनुष्यमात्रलाइ भलाई हुने मंगलका कुरा दश वटा श्लोकद्वारा मङ्गल सूत्र चाही बताउनु भयो|
जस अनुसार सर्वप्रथम कुसङ्गत छोडी पण्डित (विद्वान)को संगत गर्नु, आफ्ना वृद्ध आमा ,बाको सेवा गर्नू । आफ्नो अर्धाङ्गिनी बालबच्चाहरूको राम्ररी भरण पोषण गर्नू । बन्धुवान्धव सँग मिलेर बस्नू , मनमुटाव हुने काम नगर्नू, दाजुभाई दिदिबहिनी सधैं मिलेर बस्नू आदि पारिवारिक कुरामा विशेष जोड दिएको छ। विशेष ज्ञानको लागि बुद्धवचन मङ्गल सूत्र अध्ययन गर्नु होला ।
यहाँ यी तीन माङ्गलिकहरूको विचारधारालाई नेवारहरु तथा मन्त्रमहायानी, वज्रमहायनीहरूले अद्यपि अत्यन्त श्रद्धा गरि किन माने होला ? र अझ सप्तविधानोत्तर पूजामा अष्टमङ्गल अभिषेक दिने क्रममा पुण्डरिक (कमल), शंख भेरी (शंख बजाउने) मत्स्य युग्म अलंकृत पूर्ण कलशको चित्रहरूलाई प्रयोग गर्नुको पछाडि अरु के रहस्य होला ? भन्ने जिज्ञाशा स्पष्ट गर्नु आवश्यक छ । वज्रयानीहरूको अष्टमंगल अभिषेक गाथामा समेत श्रुतमाङ्गलादि भनेर प्रयोग गरेको पाइन्छ | यो अनुसन्धानको विषय हो ।भवतु सर्वमंगलम ||
।। भवतु सर्वमङ्गलम् ।।