काभ्रे। अविरल वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन ।
सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।
अलपत्र परेका यात्रुहरुको प्रहरीले उद्धार गरेको जनाएको छ ।
बाढीले रोशी -९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ ।