काठमाडौँ । नेप्सेमा निरन्तर गिरावट आएको छ । आज सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर ७.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १२.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक़चर एंड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ३६ लाख र रिलायन्स मिल्सको १७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।