काभ्रे,मण्डनदेउपुर । मण्डनदेउपुरमा अखिल नेपाल किसान महासंघको श्रम शिविर सम्पन्न भएको छ।
अखिल नेपाल किसान महासंघ मण्डनदेउपुर नगर कमिटिको आयोजनामा मंसिरे बिटलगाउने काम अन्तर्गत धान चुट्ने काम गरेर उक्त श्रमशिविर सम्पन्न भएको हो ।
वागमती प्रदेश सरकारका पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीका उपाध्यक्ष चन्द्र लामा, पार्टी जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेल लगायतका जिल्लाका नेताहरू, महासंघ काभ्रेका अध्यक्ष श्यामसुन्दर चौंलागाँई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम महासंघ मण्डनदेउपुरका अध्यक्ष झलक बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
नेकपा एमाले मण्डनदेउपुर८ का वडा कमिटी अध्यक्ष सरोज पौडेलको खेतमा श्रम शिविर सम्पन्न भएको हो । यस अघि पनि रोपाई गर्ने गरेको उक्त खेतमा बिटा लगाउने काम सम्पन्न भएको महासंघका अध्यक्ष झलक तामाङले इ खवर नेटलाई बताए ।