
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर ७.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २१ लाख बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको १७ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।







