
काठमाडौँ ।अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत गएका छन् ।
वाग्लेको यो दोस्रो भारत भ्रमण हो । उनी गत महिना पनि भारत गएका थिए ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उनी भारत पुगेका हुन् ।
“निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा उनी सहभागी हुनेछन्।
