
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दै छन् ।
तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि उनी भारत प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
