
काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन् ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित हुन भदौ १ गतेको संसद् बैठकमा रुलिङ गरेका थिए ।







