
जनकपुर । मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर बिदा दिने भएको छ ।
मधेस सरकारले भदौ १० गते प्रदेशमा मुस्लिम धर्मालम्बीलाई बिदा दिने निर्णय गरेको हो।नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली बुधवार मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने उल्लेख छ ।
मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएको छ ।




