
काठमाडौँ । नेपाल स्रष्टा समाजको बागमती प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।
राजधानीमा मंगलबार आयोजित अधिवेशनले शंकर भारतीको नेतृत्वमा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपिकृष्ण थापा, सचिवमा उद्धव सापकोटा,कोषाध्यक्ष एलिसा ढुंगाना चयन भए ।
यसैगरी कार्यसमितिको सदस्यमा सुशिल रिजाल,सत्या अधिकारी,सुशिला शर्मा चयन भए ।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचितहरुलाई टीका लगाएर समाजका संरक्षक पवन आलोकले बधाई ज्ञापन गरे ।






