
साउन १८, साधनामा मेहनत गर्दा के बुझ्नुपर्छ भने अल्पकाल भन्दा दीर्घकालसम्म टिक्ने साधना धेरै मूल्यवान् हुन्छ । त्यसैले कुनै दिन तपाईं थकित हुनुहुन्छ भने ठूलो बल गरेर साधना गर्नु त्यति सहयोगी हुँदैन । बरु दीर्घकालसम्म साधनालाई निरन्तरता दिनु महत्वपूर्ण हुन्छ ।
— कमेन्ट्री अन दि इसेन्स अफ क्रिएसन एण्ड कम्प्लिसन (उत्पत्तिक्रम र सम्पन्नक्रममाथि टिप्पणी), पृष्ठ ५४ बाट








