
काठमाडौँ। पश्चिम बंगालका नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिएका छन्।
कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित भव्य समारोहबीच पश्चिम बंगालका राज्यपाल आर।एन रविले मुख्यमन्त्री अधिकारीलाई शनिबार शपथ ग्रहण गराएका हुन्। उनले बंगाली भाषामा शपथ लिएका हुन्।
पश्चिम बंगालमा भाजपाले पहिलो पटक सरकार बनाएको हो।
वामपन्थी दलको सत्ता ढालेर १५ वर्षसम्म सरकारमा रहेको तृणमूल कंग्रेसलाई भाजपाले यसपालिको बिधानसभा चुनावबाट पाखा लगाएको थियो।
कुल २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले दुई तिहाई शक्तिका साथ सरकार बनाउँदै छ।
ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त भएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत भारतीय जनता पार्टी ९भाजपा०का शीर्ष नेताहरूको उपस्थिति थियो।
मुख्यमन्त्री अधिकारीसँगै दिलिप घोष, अग्निमित्र पाउल, अशोक किर्तानिया, खुदिराम तादू र निशिथ प्रमानिकले पनि मन्त्री पदको शपथ लिएका छन्।

