
जीवन र कामको बीचमा सन्तुलन कायम गर्न नसक्दा धेरै मानिसहरू यस प्राविधिक रूपमा तीव्र गतिले अघि बढिरहेको आधुनिक संसारमा अन्योलमा छन्। वास्तवमा, हाम्रो काम र व्यक्तिगत जीवन बीचको सन्तुलन कायम गर्नाले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य समावेश गर्ने हाम्रो पद्दति लाई सुधार गर्न सकिन्छ । राम्रो नतिजा प्राप्त गर्नका लागि मानिसहरू लामो समयसम्म काम गर्न बाध्य छन्, चाहे त्यो उनीहरूको निजी व्यवसाय होस्, जागिर होस् वा स्वरोजगार काम होस्। यद्यपि, काममा ध्यान केन्द्रित गर्दा यसको नकारात्मक परिणामहरू जस्तै दीर्घकालीन तनाव र बर्नआउटहरू देखा पर्छन् जसले यस व्यस्त संसारमा सम्पूर्ण मानव जातिलाई खतरामा पारेको छ। भर्खरैका अध्ययनहरूले के देखाउँछ भने लामो समयसम्म काम गर्नाले हामीलाई गम्भीर स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन,कमजोर निद्रा र स्मरणशक्ति घटने, मधुमेह र हृदय रोगहरू लाग्ने खतरा बढछ्। जब यी समस्याहरू देखा पर्छन्, तिनीहरूले हाम्रो काम र जीवनबीचको सन्तुलनलाई पनि खल्बलाउन सक्छ। यस प्रतिस्पर्धात्मक संसारमा काम प्रत्येक व्यक्तिको लागि आवश्यक भएकोले, काम र व्यक्तिगत जीवनसँग तालमेल कायम राख्नका निमित पारिवारीक वार्तालापलाई प्राथमिकता दिनुपर्छ।
यस पँक्तिकारलाई इमेलमा, “बार्किङ अप द रङ डग” का अमेरिकी लेखक एरिक बार्करले क्यालिफोर्निया विश्वविद्यालयका मनोवैज्ञानिक आइरिस माउसको खोजको बारेमा लेखेका छन् कि खुसी हुन कडा परिश्रम गर्नेहरू हरेक उपायमा असफल हुन्छन् । बार्करका अनुसार हामी शुरुमै खुसी हुन नसक्नुको पछाडिको कारण भनेको प्रकृतिले हामीलाई खुशी हुन अनुमति नदिनाले हो । लेखक रोबर्ट राइटको उदाहरण दिएर, बार्कर थप लेख्छन् कि आनन्दको पछि लाग्नको लागि आनन्द यति चाँडो वाष्पीकरण हुन्छ कि यस प्रक्रियाको विकासले हामीलाई थप उत्पादनशील बनाउनको लागि गतिशील बनाउँछ । एरिक बार्करको यो परिकल्पना कार्य-व्यस्तता एंव जीवन सन्तुलनमा पनि व्यावहारिक छ।
जब हामी काम र जीवनको क्षेत्रहरूका बारेमा सोच्दछौं, तिनीहरूसँग सम्बन्धित अन्य क्षेत्रहरू हाम्रो दिमागमा आउँछन । सामान्यतया, तिनीहरूलाई स्वास्थ्य, व्यक्तिगत सम्बन्ध, कार्यस्थल, आर्थिक अवस्था, ममोरंजन र आध्यात्मिकताको क्षेत्रहरूमा वर्गीकृत गर्न सकिन्छ । हाम्रो जीवनका यी पक्षहरू हाम्रो काम र जीवनसँग सम्बन्धित छन । काम र जीवन बीचको सन्तुलन जारी राख्ने यात्रामा, हामीले हाम्रो स्वास्थ्यलाई जोगाउनु पर्छ किनभने बिना स्वस्थ स्वास्थ्य, हामी केहि गर्न सक्दैनौं, नियमित व्यायाम, स्वस्थ खानाको अभ्यास, उचित निद्रा र मानसिक रूपमा स्वस्थ रहनु पहिलो श्रेणीमा पर्ने क्रियाकलाप हुन् ।
त्यसैगरी, साथीभाइ र परिवारसहित अन्य समुदायका मानिसहरूसँग पनि हाम्रो सम्बन्ध बलियो हुनुपर्छ । कार्यस्थलको तेस्रो पक्षलाई प्रभावकारी बनाउन हामीले समय र तनाव व्यवस्थापनमा काम गर्नुपर्छ । यदि हामी आर्थिक रूपमा स्थिर छैनौं भने, यसले जीवनमा धेरै बाधाहरू ल्याउन सक्छ । त्यसैले, हामीले लामो र छोटो समयको लगानी सहित हाम्रो वित्तीय लक्ष्यहरू जाँच गर्नुपर्छ । यदि हामीले रमाइलोलाई थोरै ठाउँ दिएनौं भने जीवन पूर्ण रूपमा निष्क्रिय र सुस्त हुनेछ । पढ्ने, यात्रा गर्ने, साथीहरू र परिवारसँग गुणस्तरीय समय बिताउने र हाम्रा साझेदारहरूसँग नियमित रूपमा डेटिङ गर्ने जस्ता हाम्रा बानीले जीवनमा मनोरञ्जनलाई उत्प्रेरित गर्न सक्छन । अध्यात्मको अन्तिम क्षेत्र आजकल ठूलो चिन्ताको विषय हो किनभने अन्ततः हामीले स्वीकार गर्नुपर्छ कि हामी नश्वर प्राणी होइनौं । ध्यान, परोपकार, धार्मिक ग्रन्थको अध्ययन र खाँचोमा परेकाहरूलाई सेवा गर्ने नियमित अभ्यासले हामी भित्रको आध्यात्मिकता जगाउन सक्छ । यी हाम्रो काम र जीवन बीचको सन्तुलन कायम गर्ने सामान्य पक्षहरू मात्र हुन तर जबसम्म हामीले यसलाई व्यबहारिक बनाउन केही रणनीतिहरू के हुन सक्छ भनेर एउटा ठोस रुपरेखा तयार नगरेसम्म प्रश्न अनुत्तरित रहन्छ । आफ्नो काम र जीवनलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा आम मान्छेको भ्रम शान्त पार्नु आवश्यक देखिन्छ । हामी हाम्रो दैनिक कार्य तालिकाबाट धेरै थकित हुन्छौं तर हामीले हाम्रो काम र जीवनको बीचमा स्थिर अवस्था ल्याउन सक्छौं यदि हामीले धेरै प्रभावकारी रणनीतिहरूमा काम गर्यौं जुन धेरै मानिसहरूको बीचमा अनुसन्धान गरिएको थियो । ती तरिकाहरु निम्न बमोजिम छन !
१. सही लक्ष्यहरूलाई प्राथमिकता दिनुहोस : एकै दिनमा धेरै कुराहरू बाहिर निकाल्न असम्भव छ । तसर्थ उच्च मापदण्डहरू तय गर्नुको सट्टा हामीले अर्थपूर्ण लक्ष्यहरूमा काम गर्न रुचाउनु पर्छ, उदाहरणका लागि, यदि तपाईं शिक्षक हुनुहुन्छ र परीक्षा नजिकै छ भने, पाठ्यक्रम पूरा गर्नु तपाईंको मुख्य लक्ष्य हुन सक्छ । प्रत्येक पाइलाको निर्णय लक्ष्यलाई प्राथमिकतामा राख्न बाधा हुन सक्छ, यसरी आफैं भित्र सबै काम गर्नाले हाम्रो लक्ष्यलाई नष्ट गर्न सक्छ । कामलाई बाँडफाँड गरेर सबैभन्दा महत्त्वपूर्ण कामलाई पहिलो प्राथमिकता दियौं भने लक्ष्यमा सजिलै पुग्न सकिन्छ ।
२) आफ्नै कर्यशैली र दबावभित्र काम गर्ने सुत्र : सेल्फ इम्पोज्ड प्रेसरसँग डिल गर्न सिक्दै कार्यस्थलको माग र तपाईंको आफ्नै भित्री म्यादको बीचमा कामको बोझ थप जटिल हुन्छन । यस्तो अवस्थाबाट छुटकारा पाउन केहि समय लिनुहोस् र स्पष्ट रूपमा सोचौं कि कतिपय काम तत्काल पूरा गर्न सकिन्न भने त्यसलाई बिस्तारै होशियारीका साथ सिध्याउनु उचित हुन्छ ।
३) सीमा रेखा निर्धारण गर्नुहोस : तपाईंको कामको प्रकृतिको सीमा के कस्तो हो भन्ने बुझ्नु धेरै महत्त्वपूर्ण छ । यदि तपाईंसँग वर्तमानमा के गर्न आवश्यक छ भन्ने बारे स्पष्ट दृष्टिकोण छैन भने तपाईं सधैं काम गर्ने जालमा पर्न सक्नुहुन्छ । मार्केटिङ कार्यकारीको रूपमा तपाईंसँग सयौं बैठक निर्धारित हुन सक्छन , तर तपाईंले एकै दिनमा सबै लक्ष्यहरू पूरा गर्न सक्नुहुन्न । तसर्थ, यो आवश्यक छ कि हामीले एक सीमारेखा कायम गरेर यसलाई सल्ताउनु पर्छ।
४) ध्यान केन्द्रित रहन र व्यवधान व्यवस्थापन : काम र जीवन दुबैबाट तनावको कारण हामी प्रायः ध्यान केन्द्रित रहन असफल हुन्छौं । हातमा रहेको काममा केन्द्रित रहन नस्क्ने कमीले हाम्रो समय बर्बाद गर्न सक्छ। हामीले हाम्रो जीवन र कामको वातावरणलाई केन्द्रित रहनका निमित व्यवस्थित गर्नुपर्छ । वास्तवमा, हामीले आफ्नो काममा व्यक्तिगत समस्याहरूको प्रभाव नपर्ने बलियो बानी विकास गर्न आवश्यक छ ।
५) हाम्रो आफ्नै शरीर र दिमागको हेरचाह : एक थकित शरीर र दिमागले काम र दैनिक जीवनका गतिविधिहरूमा राम्रो परिणाम दिन सक्दैन। तसर्थ, आफ्नो इच्छाशक्तिमा भर पर्नुको सट्टा निर्धारित दिनचर्याहरूसँग छिटो अपनाउन सक्ने हाम्रा बानीहरू सुधार्नु राम्रो हो ।
यदि हामीले माथि उल्लिखित साधारण तर उपयोगी तौरतरिका अपनायौं भने कार्य व्यस्तता र जीवनबीच सन्तुलन राख्न अवश्य सफल हुनेछौं ।








