
काठमाडौं । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ ।
जयशंकर भूपालपल्ली जिल्लामा ४ जना,वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३/३ जनाको मृत्यु भएको छ । यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले बताए ।
राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार उक्त जानकारी दिएका हुन् ।
सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

