
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसंगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपर चाइयावानले उक्त कुरा बताएका हुन् ।
नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको एडिबीले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने
बताएको हो ।
निर्देशक चाइयावानले नेपालको अर्थतन्त्रमा समस्या रहेको बताउँदै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्रले गति लिने आशा समेत ब्यक्त गरे ।
यसैगरी अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने बताए।





