
काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले गैरजिम्मेवार रूपमा राज्य चल्न नसक्ने बताए । “प्रधानमन्त्रीज्यूलाई ध्यानकर्षण गराउँछु– आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् । विपद्को स्थिति के भइरहेको छ । त्यसबारे काम गर्नुस्,” उनले भने ।
विपद्को राहत पुर्याउनुपर्ने र उद्धार गर्नुपेर्ने समयमा मन्त्री भ्रमणमा जाँदा हेलिकोप्टरबाट फर्काइएकोमा उनले टिप्पणी गरे । उनले के भयो भनेर प्रश्न गर्दा घरमा आराम गरिरहेको जवाफ दिइएको बताए ।
उनले गृहमन्त्री सुुधन गुरुङले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भनेको सुनाए ।
गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको टिप्पणी गरे ।
मनसुनजन्य विपद्को तयारीबारे सदनलाई गृहमन्त्रीले जानकारी गराउनुपर्ने उनको भनाइ छ । विपद्पछिको उद्धार र पुननिर्माणको काम नभएको उनले टिप्पणी गरे ।

