accident
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको छ ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कारपियोमा सवार दुई महिला र चार पुरुष घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको बताइएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ ।
