
काठमाडौँ। मकवानपुरमा जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ ।
उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।
मंगलबार ९भदौ २० बिहान करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको जीप दुर्घटना भएको थियो ।
उक्त जीपमा उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगीलगायत ६ जना सवार थिए ।
उनीहरूमध्ये चारजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत छाउनी ल्याइएको सेनाले जनाएको छ ।

